नियम २१
बिमा अभिकर्ताको लागि योग्यता
(१) नियम १९ बमोजिम बिमा अभिकर्ताको इजाजतपत्रको लागि निवेदन दिन चाहने निवेदकको योग्यता देहाय बमोजिम हुनु पर्नेछः–
(क) कम्तीमा एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गरेको, र
(ख) समिति वा समितिबाट मान्यता प्राप्त गरेको संस्थाले बिमा अभिकर्ताको लागि संचालन गरेको सम्बन्धित बिमा व्यवसाय
सम्बन्धी तालीममा सहभागी भई प्रमाणपत्र प्राप्त गरेको ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बिमा अभिकर्ताको इजाजतपत्रको लागि निवेदन दिन चाहने निवेदक संगठित संस्था भए त्यस्तो संगठित संस्थाको कुनै एक जना संचालकको योग्यता सोही उपनियमको खण्ड (क) र (ख) मा उल्लेख भए बमोजिम हुनु पर्नेछ ।